ad ad

राजनीति


उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न तीनै जिल्लाका सीडीओ गृह मन्त्रालयमा

उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न तीनै जिल्लाका सीडीओ गृह मन्त्रालयमा

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १२:४६,

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय पुुगेका छन्।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको निर्णय गर्नुु पहिले गृह मन्त्रालयले बोलाएको हो।

कोरोना संकट व्यवस्थापन जिल्ला समितिमा केहीबेर छलफल पछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायण प्रसाद भट्ट र भक्तपुरकी सीडीओ हुमकला पाण्डे गृहमन्त्रालय पुुगेका हुन्।

उपत्यकाका जनप्रतिनिधिले एकसाता निषेधाज्ञा थप गर्न आग्रह गरे पनि डीसीएमसीले कुनै निर्णय नगरेको एक सुरक्षा अधिकारीले बताए।

एसअघि घोषणा गरिएको एकसाताको निषेधाज्ञा बुधबार सकिँदैछ। अब के गर्ने भन्ने विषयमा आजै निर्णय गर्ने तयारी भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .