ad ad

समाज


उपत्यकामा करिब २ हजार ७४६ संक्रमित, ९ हजार ८२० जनाको कन्ट्याक्ट ट्रेसिङ

उपत्यकामा करिब २ हजार ७४६ संक्रमित, ९ हजार ८२० जनाको कन्ट्याक्ट ट्रेसिङ

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ९:१,

काठमाडौं उपत्यकाभित्र भदौ ६ गतेसम्ममा २ हजार ७४६ जना कोभिडको संक्रमणबाट बिरामी भएको पाइएको छ। जसमध्ये काठमाडौं जिल्लामा २ हजार १८७ जना, ललितपुर जिल्लामा ३०८ जना र भक्तपुर जिल्लामा २५१ जनामा संक्रमण देखिएको हो।

यसरी संक्रमण देखिएकामध्ये ३०.७ प्रतिशत व्यक्तिहरुले यात्रा गरेका थिए भने ५१.४ प्रतिशतले यात्रा गरेका थिएनन्। १७.८ प्रतिशत बिरामीले यात्रा गरेका थिए कि थिएनन् भन्ने एकीन छेन।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ७ हजार ४१२ जना, ललितपुरमा १ हजार २५३ जना र भक्तपुरमा ६५५ गरी ९ हजार ८२० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ। भदौ ६ गतेसम्मको यो तथ्याङ्कअनुसार सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा १ हजार ६०६ जना र दोस्रोमा ललितपुर महानगरमा १८५ सक्रिय केस छन्।

मध्यपुर थिमीमा १०५, चन्द्रागिरिमा ६२, सूर्यबिनायकमा ७३, कीर्तिपुरमा २६, बूढानीलकण्ठमा १२५, शंखरापुरमा १७, गोदावरीमा ३९, गोकर्णेश्वरमा ४२ जना सक्रिय केस छन्। बैठकमा जानकारी दिँदै महालक्ष्मीमा ८४, कागेश्वरी मनोहरामा ९६, दक्षिणकाली १०, नागार्जुनमा ४०, तारकेश्वरमा ५४, टोखामा १०९, चाँगुनारायणमा २२ स्थानीय र २० जना सुरक्षाकर्मी, भक्तपुरमा ३१ जना भाइरसबाट संक्रमण बिरामी छन्।

यीमध्ये कति बिरामी निको भएर फर्किए भन्ने तथ्याङ्क अद्यावधिक हुन बाँकी छ।

अहिलेसम्म प्राप्त बिरामीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भेटेका उपत्यकाका करिब २८ हजार ५ सय व्यक्तिलाई पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षण गर्ने उपत्यका नगरपालिका फोरमले निर्णय गरेको छ।

संक्रमित बिरामी, शंकास्पद र सम्भावित व्यक्तिहरुको पहिचान, बिरामीको सम्पर्कमा आएकाको पहिचान, अवस्थाका बारेमा परामर्श गर्नु, संक्रमित र समुदायको सम्बन्ध टुटाउनु नै महामारी नियन्त्रणको एक मात्र बिधि भएकोले कन्ट्याक्ट ट्रेसिङबाट उपलब्धि हासिल गर्न सकिनेमा स्थानीय तह आशावादी देखिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .