सुदूरपश्चिमका पाँच जिल्लामा मंगलबार ५० जना कोरोना संक्रमित थपिएका छन्।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८/८ तथा डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख ईश्वरी प्रसाद भुसालले बताए।
उनका अनुसार अछामको बान्नीगढ जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका ७, बर्दगोरिया गाउँपालिकाका ४, जानकी गाउँपालिकाका ४, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया