ad ad

समाज


वीर र टिचिङसहितका चार प्रयोगशालालाई पीसीआरको पूर्ण विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

वीर र टिचिङसहितका चार प्रयोगशालालाई पीसीआरको पूर्ण विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालखबर
भदौ ७, २०७७ आइतबार १३:१५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले पीसीआर परीक्षण कम देखिएको भन्दै परीक्षण गर्ने प्रयोगशालाहरुलाई सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको छ।

आइतबार मन्त्रालयले भरतपुर अस्पताल, वीरेन्द्र अस्पताल, टिचिङ अस्पताल र किटजन्य अनुसन्धान प्रयोगशालालाई पूर्ण विवरण पठाउन निर्देशन दिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले चार प्रयोगशालाले पोजेटिभ केसको विवरणमात्रै पठाएका कारण पीसीआर परीक्षण कम देखिएको बताए।

‘पीसीआरको संख्या अलिकति कम देखिएको छ, त्यसको कारण चारवटा ल्याबहरुले आजको रिपोर्टमा पोजेटिभ केस मात्रै पठाएर टोटल संख्या नपठाएका कारण कम देखिन गएको हो’, प्रवक्ता गौतमले भने, ‘भरतपुर अस्पताल (चितवन), वीरेन्द्र अस्पताल (छाउनी), टिचिङ अस्पताल (महाराजगन्ज) र किटजन्य अनुसन्धान प्रयोगशाला (हेटौँडा)लाई हामी ताकेता गर्न चाहन्छौँ तपाईहरुले पोजेटिभको साथमा टोटल संख्या पनि अबिलम्ब ठिक समयमा पठाउन अनुरोध छ।’

पछिल्ला केही दिनको तुलनामा आइतबार पीसीआर परीक्षण कम देखिएपछि प्रवक्ता गौतमले यसबारे स्पष्ट पारेका हुन्।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर परीक्षण भएको छ। योसँगै नेपालमा ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ।

उनका अुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमा २२० महिला ५९८ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .