ad ad

कारोबार


आठ बैंकमा रहेका विदेशी लगानी प्रवर्द्धकबारे अध्ययन गर्दै राष्ट्र बैंक

आठ बैंकमा रहेका विदेशी लगानी प्रवर्द्धकबारे अध्ययन गर्दै राष्ट्र बैंक

दीपक भट्ट
भदौ ७, २०७७ आइतबार १३:२४,

विदेशी लगानी रहेको बैंकलाई लिएर नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ।

कोरोना संक्रमण र त्यसपछि भएको लकडाउनको कारणले अर्थतन्त्रमा परेको असरमा पनि नेपाली बैंकमा प्रवर्द्धक विदेशी कम्पनीहरुले गत वर्षकै हाराहारीमा लाभांश लगेपछि राष्ट्र बैंकले अध्ययन सुरु गरेको हो।

अधिकांश क्षेत्रहरुको नाफा पुनर्लगानी हँदा पनि बैंकहरुको पैसा विदेश नै गएको पाइएपछि अध्ययन सुरु गरिएको हो। विदेशी कम्पनी प्रवर्द्धक रहेको कम्पनीको अवस्था हेर्नको लागि अध्ययन सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ।

बैंकका एक अधिकारीका अनुसार अहिले खासगरी एनएमबी बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र नबिल गरी ८ वटा बैंकहरुमा रहेका प्रवर्द्धक विदेशी कम्पनीहरुको अवस्था हेर्नको लागि अध्ययन सुरु भएको छ।

ती अधिकारीका अनुसार नेपाल राष्ट्र बैंकको बैंकहरुले राष्ट्र बैंकसँग रहेको विवरणमा नै आधारित पहिलो चरणको अध्ययन गर्नेछ। प्रवर्द्धकबारे बैंकहरुले दिएको जानकारीको आधारमा नेपालले त्यसको ‘क्रस चेक’ गर्नेछ। साथै बैंकहरुले लगेको लाभांशहरुको विवरणबारे समेत अध्ययन गर्नेछ।

त्यसमा कुन समयमा कति परिमाणमा लगिरहेको छ। त्यसमा नेपाली आर्थिक वर्ष विदेशी आर्थिक वर्षको समयतालिकामा विगत र अहिलेको बारेमा अध्ययन गर्नेछ।

त्यसमा कुनै शंकाहरु देखापरेको खण्डमा त्यस्ता कम्पनीहरु छनोट गरी बैंकहरुसँग आवश्यक थप विवरण माग गर्नेछ। उक्त बैंकको विवरणले सुमेत चित्त नबुझेको खण्डमा विदेशी कम्पनीको प्रतिनिधिहरुलाई बोलाएर नै अध्ययन गर्नेछ।

यसरी अध्ययन गर्न थाल्नुमा नेपाल राष्ट्र बैंकले विदेशी प्रवर्द्धक कम्पनीमा पनि नेपाली नै रहेर लाभांशहरु विदेश लगेको हुनसक्ने आशंका रहेको छ।

नेपालीहरुले विदेशमा लगानी गर्न नपाउने नियम रहेको छ। जसकारणले विदेशी कम्पनीमा नेपालीहरु जोडिएको र घुमाउरो पाराले नेपाली पैसा विदेश लगेर नेपालीहरुले नै लगानी विस्तार गरिरहेको आशंका रहेको छ।

सो आधारमा नेपाल राष्ट्र बैंकले अध्धयन सुरु गरेको जनाएको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ सालमा संशोधन भएको थियो। उक्त ऐनले पनि विदेशी प्रवर्द्धक कम्पनीलाई केही सहजीकरण गरेको थियो। उक्त ऐनले कुनै नेपाली बैंकमा विदेशी प्रवर्द्धक हुनको लागि बैंक तथा वित्तीय कम्पनी नै हुनुपर्ने व्यवस्था गरेको थियो।

तर त्यसमा संशोधन गर्दै अन्य प्रकारको कम्पनी समेत हुनसक्ने व्यवस्था गरेको छ। उक्त व्यवस्थाको फाइदा उठाउँदै नेपालीहरुले नै विदेशमा कम्पनी सञ्चालन गरेर आफैँ विदेशी प्रवर्द्धकको रुपमा समेत नेपाली बैंकमा देखा परेको हुनसक्ने नेपाल राष्ट्र बैंकको आशंका रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .