ad ad

समाज


६८ वर्षीय भूपू सैनिकसँगको घमासानमा मारियो चितुवा

६८ वर्षीय भूपू सैनिकसँगको घमासानमा मारियो चितुवा

नेपालखबर
भदौ ७, २०७७ आइतबार १०:४१,

लमजुङको बेसीसहर नगरपालिका ९ साम्दीका ६८ वर्षीय हरिबहादुर थापा नेपाली सेनाका अवकासप्राप्त लेफ्टिनेन्ट हुन्। उनी सेनाबाट अवकास भएको १० वर्ष भइसकेको छ।

आइतबार श्रीमती र छोरा घरबाहिर थिए। ऋषिपञ्चमी भएकाले उनीहरु आफ्नै धन्दामा व्यस्त थिए।

बिहान पौने ८ बजेतिर हरिबहादुर घाँसको भारी लिएर घर फर्किए। घर नजिकै केही अवाज आयो। घाँसको भारी बिसाएका हरिबहादुरको हातमा खुर्पा थियो।

‘हातमा खुर्पा बोकेरै उनी मकै खान बाँदर आएको ठानी ‘हाई हुई लुहाई’ गर्दै केही पर पुगे। तर त्यहाँ बाँदर नभएर चितुवा देखियो।

उनले भाग्ला भनेर फेरि कराएर धपाउन खोजे। तर, चितुवाले टेरेन। उल्टै उनलाई झम्टियो र देब्रे हातमा चिथोर्‍यो। त्यसपछि उनी नजिकै रहेको खेतको गह्रामा झरे। उनलाई चितुवाले छाडेन।

117745411_297652214865264_4552876245998408647_n.jpg

‘खेतको गह्रामै झरेर झम्टिरह्यो’, हरिबहादुरका भतिज विष्णुले भने।

हरिबहादुरको भाग्ने अवस्था भएन। हातमा रहेको खुर्पाले हान्न थाले। चितुवाले पटक–पटक झम्टियो। उनले पनि जब चितुवाले झम्टिन्छ दाहिने हातले खुर्पाले हान्ने र देब्रेहातले ठेल्ने गरिरहे।

करिब १० मिनेटसम्म यस्तै घम्साघम्सी चलिरह्यो। अन्ततः चितुवा मर्‍यो। त्यसपछि घरका मान्छे र स्थानीय भेला भए। वन कार्यालयलाई खबर गरियो। वन कार्यालयका कर्मचारी गएर मुचुल्का गरेर चितुवा लिएर फर्किए।

हरिबहादुरलाई लम्जुङ सामुदायिक अस्पतालमा लगियो। रेबिज, टीटी खोप लगाइयो। घाउमा सामान्य मलम लगाइयो।

जंगली जनावरले टोकेपछि इमोलो ग्लोकिन पनि लगाउनु पर्ने भएकाले उनलाई काठमाडौं रेफर गरियो। उनलाई अहिले एम्बुलेन्समा काठमाडौंतर्फ ल्याउँदै गरेको विष्णुले बताए।

याे पनि:
हरिबहादुरसँगको घम्साघम्सीमा मारियो चितुवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .