ad ad

समाज


स्पाइनल इञ्जुरी अस्पतालका २३ कर्मचारीसहित काभ्रेमा एकैदिन ३५ जनामा कोरोना संक्रमण

स्पाइनल इञ्जुरी अस्पतालका २३ कर्मचारीसहित काभ्रेमा एकैदिन ३५ जनामा कोरोना संक्रमण

नेपालखबर
भदौ ७, २०७७ आइतबार ७:२३,

बनेपा नगरपालिका­ १३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र आवतजावतमा रोक लगाएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरुको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा. झाले बताए।

एकैदिन यतिधेरै संख्यामा संक्रमण देखिएको जिल्लामा यो पहिलो पटक हो। सोसहित गरी काभ्रेपलाञ्चोक जिल्लामा संक्रमितको संख्या १३९ पुगेको छ। यसमध्ये ४३ जना निको भएर घर फर्किसकेका जिल्ला कमान्ड पोस्टले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .