एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आइतबारदेखि एकीकृत वित्तीय कारोबारको शुभारम्भ गरेको छ।
यस प्राप्तिसँगै बैंकको चुक्ता पुँजी १४.४५ अर्र्ब तथा जगेडा कोषको आकार ७.३५ अर्बमा वृद्घि भएको बैंकले जनाएको छ।
प्राप्तिपश्चात् बैंकको नाम ‘एनएमबि बैंक लि.’ नै रहनेछ भने रजिष्ट्रर्ड/मुख्य कार्यालय साबिककै बबरमहल काठमाडौंमा रहेको छ।
एकीकृत वित्तीय कारोबारको थालनीसँगै एनएमबी बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियो रुपमा स्थापित हुने बैंकले जनाएको छ। जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पुर्याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसँगको सहकार्यलाई अघि बढाउन मद्दत गर्ने बैंकले विज्ञप्तिमा जनाएको छ।
एनएमबि बैंकमा नेदरल्यान्ड्से फाइनान्सिअरिङ–मात्छाप्जी भुर अन्टविकेलिङ ल्यान्डेन एनभी (एफएमओ), कर्मचारी सञ्चय कोषलगायतका संस्थाहरुको समेत लगानी रहेको छ। एफएमओ अन्तर्राष्ट्रिय रुपमा राम्रो छवि भएको स्ट्यान्डर्ड एण्ड पोअर तथा फिचजस्ता संस्थाहरुले एएए रेटिङ्ग गरेको नेदरल्याण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय विकास बैंक हो। एफएमओसँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय ऊर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्वाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु¥याएको बैंकले जनाएको छ। एनएमबीले बैंक अफ द ईयर–२०१७ र बैंक अफ द इयर – २०१८ द्वारा लगातार पुरस्कार पाएको हो।
कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्तिपश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया