ad ad

समाज


पाल्पामा आज रातिदेखि निषेधाज्ञा

पाल्पामा आज रातिदेखि निषेधाज्ञा

प्रकाश न्यौपाने
भदौ ५, २०७७ शुक्रबार ११:१६,

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न र रोकथामलाई प्रभावकारी बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले आज (शुक्रबार) राति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा सञ्चालनमा रोक लगाइएको छ। नागरिकले निषेधाज्ञाको पालना गरेर जोखिम न्यूनीकरणमा मद्दत गर्ने प्रशासनले विश्वास लिएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले भने, ‘निषेधाज्ञाको पूर्णरुपमा पालना गरेर आम नागरिकले कोरोनाको जोखिम कम गर्न सहयोग गर्नुहुनेछ भन्ने विश्वास गरेका छौं।’

निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्था समेत सञ्चालनमा प्रशासनले रोक लगाएको छ। तर बैंकका एटीएम भने खुल्ला रहनेछन्। सार्वजनिक तथा निजी सवारी, होटल, रेष्टुरेन्ट, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, फुटपाथ पसल, उद्योग कलकारखाना पनि सञ्चालनमा रोकावट गरिएको छ।

स्वास्थ्य संस्था, एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने साधन, कृषिउपज, संचार, विद्युत्, खानेपानी लगायतको क्षेत्रको ढुवानी भने सञ्चालन हुने प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए। औषधि तथा औषधिजन्य पसल, खाद्यान्न सम्बन्धी पसल, फलफूल तरकारी तथा दूध डेरी बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ।

निषेधाज्ञा कडाईकासाथ लागू गरिने जनाउँदै प्रशासकीय अधिकृत पन्थीले उल्लंघन गरे कानूनअनुसार कारबाही गरिने जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .