नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप ७ जनाको मृतयु भएको बताए।।
मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक /एक जना पुरुष र तनहुँकी एक महिला रहेका छन्।
प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
प्रतिक्रिया