ad ad

समाज


प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नजिक, ४५ को मृत्यु

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार नजिक, ४५ को मृत्यु

शैलेन्द्र महतो
साउन ३२, २०७७ आइतबार १४:०,

प्रदेश २ मा कोरोना संक्रमितको संख्या झण्डै ७ हजार पुगेको छ।

आइतबार पछिल्लो २४ घण्टामा ४३ जना महिलासहित १४४ जना कोरोना संक्रमित फेला परेका छन्। पर्सामा ६६, धनुषामा ३२, रौतहटमा २१, सर्लाहीमा १२, बारामा ६ र महोत्तरीमा ७ जना संक्रमित फेला परेको प्रदेश २ सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए।

आज भेटिएका संक्रमितसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको छ।

डा यादवका अनुसार पछिल्लो २४ घण्टामा यस प्रदेशमा मृत्यु भएका २ जनामा काेराेना पुष्टि भएको छ। याेसँगै मृतककाे संख्या ४५ पुगेको छ।

यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा ६९ पुरुष र ६ महिला गरी ७५ जना उपचारपछि कोरोनामुक्त भएर घर फर्केका जनाएको छ।

प्रदेश २ का जिल्लाहरुमा कोरोना संक्रमण समुदायमै फैलिएपछि जोखिम बढेको छ। जोखिम न्युनिकरणको लागि प्रदेश २ का विभिन्न जिल्ला तथा स्थानीय तहमा लकडाउन समेत गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .