ad ad

समाज


सवारी चालकसँग रकम लिने दुई प्रहरी निलम्बित

सवारी चालकसँग रकम लिने दुई प्रहरी निलम्बित

नेपालखबर
साउन ३२, २०७७ आइतबार ११:४१,

आर्थिक प्रलोभनमा परी सवारी चालकसँग रकम लिने दुई जना प्रहरी निलम्बनमा परेका छन्।

निलम्बन पर्नेमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान बिर बहादुर प्रसाद यादव रहेका छन्।

आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरुलाई निलम्बन गरेको हो।

बा ६ ख ५५६३ नम्बरको सवारी साधनसँग रकम लिएको पृष्टी भएपछि थप छानबिनको लागि उनीहरुलाई निलम्बन गरिएको हो बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा निजहरु उपर थप छानबिन गर्न समिती गठन गरेको छ।

आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले बिशेष अभियानको रुपमा सञ्चालन गरिरहेको जनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट विषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरिएको छ।

सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षक सहित १३ जना प्रहरी कर्मचारी निलम्बित भैसकेका छन् भने डियुटीमा ईमान्दारिता प्रर्दर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भैसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .