ad ad

समाज


मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने नेपाली नै हुन भन्नेमा अधिकांशलाई अविश्वास

मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने नेपाली नै हुन भन्नेमा अधिकांशलाई अविश्वास

नेपालखबर
साउन १९, २०७७ सोमबार १०:६,

केहीदिन देखि एक नेपाली सुरक्षाकर्मीमाथि मलेसियामा निर्दयी तरिकाले कुटिएको भिडियो भाइरल बनेको थियो।

लगातार रिसले आगो जस्तै भएका एक व्यक्तिले सुरक्षा गार्डमाथि थप्पड र लाठ्ठीले बर्साईरहेको दृश्य भिडियोमा थियो। पीडीत भने चुपचाप चोट सहेर बसेका थिए।

उक्त अमानवीय भिडियो सार्वजनिक भएसँगै मानिसहरुले ती कुट्ने व्यक्तिलाई कारवाही हुनुपर्ने भन्दै भिडियो भाइरल बनाए।

लगत्तै मलेसियास्थित नेपाली दूतावासले त्यहाँ अधिकांश सुरक्षा गार्डका रुपमा काम गर्ने नेपालीहरु रहेको भन्दै चासो देखायो।

स्थानीय प्रहरीको सहायता लिएको दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै कुट्ने र कुटाई खाने दुवै नेपाली रहेको जनाएको छ।

दूतावासले एक विज्ञप्ति जारी गदैै कुटाई खाने पीडीत नवलपरासीका इस्लाम हुसेन र पीडक(कुट्ने) व्यक्ति कपिलवस्तुकै रामगोपाल मुराउ भएको जनाएको छ।

दूतावासले उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको दूतावासले जनाएको छ। कुट्ने व्यक्ति पीडीत सुरक्षा गार्डका सुपरभाइजर रहेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

यो घटना सार्वजनिक भएसँगै केही नेपालीले भने कुट्ने व्यक्ति नेपाली नै भएको कुरामा अविश्वास व्यक्त गरेका छन।

दूतावासकै विज्ञप्तिमा कमेन्ट गर्दै मलेसियामा बसेका दाहाल केसुले लेखेका छन, ‘कपिलवस्तुको रामगोपाल भन्ने वित्तिकै कसरी नेपाली नै हो भनेर विश्वास गर्नु। न हेर्दा नेपाली जस्तो देखिन्छ न त बोली कै लबज मिल्छ। पूरा लोकल मलायु भाषा लबज छ कसरी पिट्ने नेपाली भनेर सार्वजनिक गरेको होला? मेरो मलेसिया बसाईको अनुभवका आधारमा पिट्ने व्यक्ति कि तामिल हो कि मलायु हुनुपर्छ।’

No description available.

दूतावासको विज्ञप्ति आउनुअघि उक्त स्थानका प्रहरी प्रमुख सुपरिटेन्डेन्ट राजाव अहमद स्माइलले प्रारम्भिक अनुसन्धानका क्रममा कुट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको विश्वास गरिएको उल्लेख गरेका थिए।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै प्रहरी अधिकारी स्माइलले भनेका थिए, ‘घटनामा कुट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको र सुरक्षा गार्ड नेपाली नागरिक भएको विश्वास गरिएको छ। हामीले अनुसन्धान सुरु गरेका छौं।’

अर्का फेसबुक प्रयोगकर्ता राजु सुनामले लेखेका छन, ‘एउटा नेपालीले अर्काे नेपाली साथीलाई गर्ने व्यबहार यस्तो हुन्छ? अरु केही हैन पीडितलाई क्षतिपुर्ति र पिडकलाई कानुन बमोजिमको सजाय जसरी पनि हुनुपर्छ। पीडित र पीडक दुवैजनाको फोटो सार्वजनिक गर्नु पर्छ। किन कि पिडक नेपाली जस्तो देखिदैन। मलेसियन भाषा बोलेको छ।’

No description available.

मदन राईले लेखेका छन, ‘मलेसियामा धेरै इण्डियनहरु गैरकानुनी बनेर नेपाली हो भन्दै लुकिछिपी सेक्युरिटीगार्ड काम गर्ने चलन छ। नत्र इण्डियनलाई मलेसियामा सेक्युरिटिगार्डमा काम गर्न मान्यता छैन। मलाइ लाग्छ त्यो कुट्ने मान्छे ईण्डियन हुनुपर्छ।’

अशोक गरीले लेखेका छन्, ‘यो हुनै सक्दैन। पीडीत शतप्रतिशत नेपाली हो। कुट्ने मान्छे नेपाली हैन। त्यो कुट्ने मान्छेलाई लाइभ ल्याएर नेपाली बोल्न लगाउने अनिमात्र क्लियर हुन्छ। नत्र यसरी भ्रममा पार्ने काम नगरौं नेपालीलाई।’

No description available.

दूतावासले भने दुबै जनाले भिडियोमा देखिने व्यक्ति आफूहरु रहेका समेत स्वीकारि सकेको बताएको छ।

‘दुबै जनाले भिडियोमा देखिने व्यक्ति आफूहरु रहेको समेत स्वीकारी सकेका छन। पीडक राम गोपाल मुराउ सोमबार नै स्वेच्छाले प्रहरी समक्ष उपस्थित भएका छन। यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले गर्नेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दूतावासको विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .