ad ad

समाज


मलेसियामा कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

मलेसियामा कुट्ने र कुटाइ खाने दुवै नेपाली भएको पुष्टि

नेपालखबर
साउन १९, २०७७ सोमबार ८:५३,

मलेसियास्थित नेपाली दूतावासले त्यहाँ एक नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको पुष्टि गरेको छ।

दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै पीडक र पीडीत दवै नेपाली भएको पुष्टि गरेको हो।

पीडीत नवलपरासीका इस्लाम हुसेन रहेको र पीडक कपिलवस्तुकै रामगोपाल मुराउ भएको दूतावासले जनाएको छ।

केहीदिन अघि एकदमै अमानवीय निर्दयी तरिकाले एक सुरक्षा गार्ड कुटिएको भिडियो भाइरल भएको थियो। रिसले आगो जस्तै भएका एक व्यक्तिले सुरक्षा गार्डमाथि थप्पड र लाठ्ठीले बर्साईरहेको दृश्य भिडियोमा थियो।

उक्त अमानवीय भिडियो सार्वजनिक भएसँगै मानिसहरुले ती कुट्ने व्यक्तिलाई कारवाही हुनुपर्ने भन्दै भिडियो सेयर गरिरहेका थिए। 

उक्त भिडियो सार्वजनिक भएसँगै मलेसियास्थित नेपाली राजदूतावासले पनि सुरक्षा गार्ड नेपाली हुनसक्ने अनुमानमा स्थानीय प्रहरीलाई त्यस घटनाको सत्यतथ्य जाँचबुझ गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन अनुरोध गरेको थियो।

अनुसन्धानपछि दुवै जना नेपाली रहेको दूतावासले विज्ञप्तिमार्फत पुष्टि गरेको हो।

मलेसियाको अध्यागमन कानुन अनुसार दुवैजना अवैधानिक अवस्थामा रहेको समेत दूतावासले जनाएको छ।

उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको दूतावासले जनाएको छ। कुट्ने व्यक्ति पीडीत सुरक्षा गार्डका सुपरभाइजर रहेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘दुबै जनाले भिडियोमा देखिने व्यक्ति आफूहरु रहेको समेत स्वीकारी सकेका छन। पीडक राम गोपाल मुराउ सोमबार नै स्वेच्छाले प्रहरी समक्ष उपस्थित भएका छन। यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले गर्नेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो पनि:मलेसियामा कुटिएका नेपाली नवलपरासीका, कुट्ने सुपरभाइजरलाई कारबाही नभए कम्पनी कालोसूचीमा 

यो पनि: के मलेसियामा अमानवीय तरिकाले कुटिएका सुरक्षा गार्ड नेपाली हुन? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .