प्रान्तीय सरकारी अधिकारीहरुका अनुसार त्यसक्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत भएको थियो।
प्रान्तीय अस्पतालका प्रवक्ता जाहेर अदेलले कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
मारिनेहरुमा सुरक्षाकर्मी समेत रहेका छन्। प्रान्तीय गभर्नरका प्रवक्ताले उक्त आक्रमणमा कारागारका बन्दी, सुरक्षाकर्मी समेत २१ जनाको ज्यान गएको बताएका छन्।
गत शुक्रबारदेखि ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धबिराम लागू छ।
अफगान राष्ट्रपति अस्रफ गनीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धबिराम हुने बताएका छन्। रासस/एएफपी
प्रतिक्रिया