ad ad

समाज


नदीले बगाउँदै गरेको अवस्थामा स्वास्थ्यकर्मीको शव भेटियो

 नदीले बगाउँदै गरेको अवस्थामा स्वास्थ्यकर्मीको शव भेटियो

नेपालखबर
साउन १९, २०७७ सोमबार ४:४५,

डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेका अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका-५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो। उनी डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत थिए।

नदीले बगाएर लैजाँदै गरेको अवस्थामा शव फेला परेको प्रहरी प्रमुख पाण्डेले बताए। ‘नदीले बगाउँदै गरेको अवस्थामा एकजनाको शव भेटिएको छ, शव परीक्षणका लागि जिल्ला अस्पताल लगेका छौँ।’

शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका-१० बानीडुग्रीसैनस्थित सेती नदीमा बझाङ घर भई सो अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेण्ट) विनयबहादुर सिंह र जोशी नदीमा बेपत्ता भएका थिए।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता अर्का स्वास्थ्यकर्मी सिंहको खोजी जारी राखेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .