१ करोड ७१ लाख ९५ हजारमा हालसम्म कोरोना पुष्टि हुँदा ६ लाख ७० हजार ३२२ जनाको मृत्यु भइसकेको छ।
यस्तै संक्रमितमध्ये विश्वभर १ करोड ७ लाख ६ हजार उपचारपछि स्वस्थ बनेका छन्।
अमेरिका हालसम्म कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। त्यहाँ ४५ लाख ६८ हजारमा कोरोना पुष्टि हुँदा १ लाख ५३ हजारको मृत्यु भइसकेको छ।
त्यस्तै ब्राजिलमा हालसम्म २५ लाख ५५ हजार कोरोना संक्रमित पुष्टि भएका छन् भने भारतमा १५ लाख ८७ हजारमा कोरोना पुष्टि भएको छ।
हाल कोरोनाविरुद्धको खोप निमार्णको कार्य विश्वभर चलिरहेको छ। अमेरिका, बेलायत, रुस र चीनमा बनेका कोरोनाविरुद्धको खोपहरु अन्तिम चरणको परीक्षणमा पुगेको बताइएको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया