नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन भएको छ। मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।
खड्का ६९ वर्षका थिए।
खड्काको मंगलबार साँझ नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।
२००८ सालमा लम्जुङमा जन्मिएका खड्का २०२७ सालमा नेपाली सेनामा भर्ती भएका थिए।
२०६६ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानसेनापति रुक्मांगत कट्वाललाई बर्खास्त गर्दै खड्कालाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए।
तर तत्कालीन राष्ट्रपति रामवरण यादवले त्यसलाई अस्वीकार गर्दै त्यही रात कट्वाललाई नै प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए।
‘कट्वाल प्रकरण’ भनेर चिनिने यो घटनापछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका थिए।
प्रतिक्रिया