ad ad

समाज


५ हजार ३२ को परीक्षण गर्दा ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

५ हजार ३२ को परीक्षण गर्दा ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

नेपालखबर
साउन १३, २०७७ मंगलबार १०:४१,

 पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ३११ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ भने जम्मा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमण मुक्त भएको बताए। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या १३ हजार ८७५ पुगेको छ।

उनको अनुसार नेपालमा कोरोना निको हुनेको प्रतिशत ७२.८ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .