ad ad

समाज


गुरुङको हत्या अभियोगमा पाँच जना पक्राउ

गुरुङको हत्या अभियोगमा पाँच जना पक्राउ

नेपालखबर
साउन १३, २०७७ मंगलबार २:५३,

चितवनको भरतपुर महानगरपालिका-१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउपछि सोमबार उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका-१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका-४ घर भई भरतपुर महानगरपालिका-१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा नगरपालिका-१ घर भई सोही स्थान बस्ने ३० वर्षीय अमरबहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका घर भई सोही स्थान बस्ने २४ वर्षीय सागर ओली, भरतपुर महानगरपालिका-८ बस्ने ३१ वर्षीय प्रकाश विक र एक बालक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

हत्यामा संलग्न दुई फरार रहेका प्रहरीले जनाएको छ। गुरुङले कमल गन्धर्वसँग ठेला रिक्सा केही समयका लागि मागी लगेको र सोही ठेला पदमपुरमा लगी बिक्री गरेको भन्ने विषयमा विवाद हुँदा गुरुङको हत्या भएको अनुसन्धानबाट खुलेको थापाले बताए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .