ad ad

समाज


पहिरोले घर पुर्दा आमाबुवा बेपत्ता, २१ वर्षीय छोराले भागेर ज्यान जोगाए

पहिरोले घर पुर्दा आमाबुवा बेपत्ता, २१ वर्षीय छोराले भागेर ज्यान जोगाए

गोकुल जोशी
साउन १३, २०७७ मंगलबार २:४४,

दार्चुलाको दुहुँ गाउँपालिका-३ सल्लीखेतमा पहिराले घर पुर्दा दुई जना बेपत्ता भएका छन्।

मंगलबार बिहान घरमाथिबाट खसेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए।

‘पुहिरोले पूरै घर पुरिएको छ। घरभित्र रहेका दुई जना बेपत्ता भएका जानकारी आएको छ,’ डिएसपी विष्टले भने, ‘उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ।’

पहिरो आउँदा घर भित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशी घर भित्रै पुरिएका हुन्। ‘घरमाथी भएर गएको सडक भासिएर पहिरो गएको देखिन्छ,’ डिएसपी विष्टले भने।

घरमा चार जनाको बसोबास थियो। घरमै रहेका २१ वर्षीय सुनिल जोशी भने भाग्न सफल भएका छन । ‘छोरी भने आफन्तको घरमा सुत्नु भएको रहेछ। दुई जना पहिरोमा च्यापिएको खबर पछि जिल्लाबाट पनि उद्धारका लागि प्रहरी टोली पठाइएको छ,’ डिएसपी विष्टले भने, ‘घटनास्थल पुग्न २ घण्टा लाग्छ। २/३ वटा नदी तर्नु पर्ने भएकाले प्रहरीलाई घटनास्थल पुग्न असहज छ।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली उद्धारका लागि घटनास्थलतर्फ हिडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .