ad ad

समाज


नाग पञ्चमी पर्व आज

नाग पञ्चमी पर्व आज

नेपालखबर
साउन १०, २०७७ शनिबार २:५७,

आज हिन्दु धर्मालम्बीले नाग पञ्चमी पर्व मनाउँदैछन्। साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने प्रचलन छ।

नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल ढोकामा टाँसेर नागप्रति श्रद्धा व्यक्त गर्ने गरिन्छ। घरमा नागको तस्बिर टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।

घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।

हिन्दु धर्म शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शंख, पद्म र महापद्म गरी आठ नागको महत्व वर्णन गरिएको छ।

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह र कुण्डहरुमा विशेषरुपमा नागको पूजा गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .