ad ad

समाज


डीएफओ दम्पती घुससहित अख्तियारकाे फन्दामा

डीएफओ दम्पती घुससहित अख्तियारकाे फन्दामा

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १५:७,

डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डीएफओ) रामबाबु साह र उनकी श्रीमती किरण साह घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साह दम्पतीलाई आज स्रोत नखुलेको पाँच लाख ५३ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले वन कार्यालयको बा २झ ४१० नम्बरको गाडीमा रौतहटतर्फ जाँदै गरेको अवस्थामा कोशी गाउँपालिका –८ सुनसरीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

घुस रकम लिएर रौतहट जाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा आयोगले गाडी रोकि खानतलासी गर्दा सो रकम फेला पारेको थियो। साह दम्पतीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .