ad ad

समाज


लागूऔषध कारोबारीसँग कलमजस्तै देखिने ‘पेनगन’!

लागूऔषध कारोबारीसँग कलमजस्तै देखिने ‘पेनगन’!

वाशुदेव मिश्र
साउन १, २०७६ बुधबार १०:०,

लागूऔषधविरुद्धको अभियानमा जुटेको कास्की प्रहरीले ‘एक लागूऔषध’ कारोवारीसँग कलमजस्तै हतियार भेटेको छ।

कास्की प्रहरीले ‘पेनगन’ नाम दिएको सो हतियार देख्दा कलमजस्तै छ। कलमजस्तो भए पनि त्यसमा गोली प्रयोग हुन्छ। कलमजस्तो गनबाट गोली चलाउने हो भने त्यो गोलीले मान्छे ठहरै हुन्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखरा–२४, कास्कीकोट स्थायी घरभई पोखरा– ५, मालेपाटनमा बस्दै आएका सागर रानाभाटको साथबाट पेनगनसहित ठूलो मात्रामा लागूऔषध बरामद गरेको हो।

२४ वर्षीय रानाभाट १२ कक्षाका विद्यार्थी समेत हुन्। उनको साथबाट प्रहरीले विभिन्न ११ जना व्यक्तिको पासपोर्ट र ७ जना व्यक्तिको नागरिकता पनि बरामद भएको छ।

‘ती नागरिकता र पासपोर्ट कुन कारणले उसको हातमा आयो भन्ने र उसका अपराधका विभिन्न पाटाहरुबारे हामीले अनुसन्धान थालेका छौँ’,कास्की प्रहरी प्रमुख कार्कीले भने,‘ ऊ लागूऔषध कारोवारी मात्रै नभएर अन्य अपराधमा पनि संलग्न हुनसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .