ad ad

कारोबार


हिमालयन बैंकद्वारा सामूदायिक विद्यालयलाई पाँच लाख सहयोग

हिमालयन बैंकद्वारा सामूदायिक विद्यालयलाई पाँच लाख सहयोग

नेपालखबर
साउन १, २०७६ बुधबार ९:४२,

हिमालयन बैंक लिमिटेडले ग्रामिण भेगका सामूदायिक विद्यालयलाई ‘टिच फर नेपाल’ मार्फत पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा ति विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउन टिच फर नेपाललाई आर्थिक सहायता प्रदान गरेको हो।

‘एक दिन नेपालका सबै विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन्’ भन्ने मुल मन्त्रका साथ अगाडि बढेको टिच फर नेपाल संस्थाले हालसम्म विभिन्न ६ जिल्लाका ६७ वटा विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकहरु पठाई ३० हजार भन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाएको छ।

बैंकका तर्फवाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग रकम टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरे।

हिमालयन बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ।

हाल बैंकको शाखा संख्या ५९ वटा, एटिएम संख्या १२१, २६०० भन्दा बढी कार्ड मर्चेन्टहरु र विप्रेषण भुक्तानी काउन्टर १३ हजार पाँच सय भन्दा बढी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .