बारा प्रहरीले २५ किलो चाँदीका गहनासहित बुधबार दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–११ विश्वम्भरपुर टोल वर्ष ३२ को ईन्द्रदेव प्रसाद यादव र बारा प्रसौनि गाउँपालिका–६ बस्ने वर्ष ३८ को वकिल अन्सारी रहेका छन्।
यादव र अन्सारीलाई ना ६१ प ७२०४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको २५ किलो ग्राम चाँदीको तयारी गहना (पाउजु, झुम्का, सिक्रि समेत) सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई कलैया–मटिअर्वा सडक खण्डबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय बीरगंज पठाइएको छ।
प्रतिक्रिया