ad ad

समाज


अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्काउने निर्णयबाट पछि हटे ट्रम्प

अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्काउने निर्णयबाट पछि हटे ट्रम्प

नेपालखबर
असार ३१, २०७७ बुधबार ५:३४,

कोरोना भाइरस महामारीको प्रकोपबीचमा अनलाइन कक्षा लिइरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिदिने र उनीहरुले स्वदेशमै गएर त्यस्ता कक्षा लिनसक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए।

उक्त निर्णय लिएको एक सातापछि नै ट्रम्प प्रशासनले त्यसलाई उल्ट्याएको बीबीसीले जनाएको छ।

अमेरिकी सरकारको त्यस निर्णयसँगै हार्भर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले उक्त योजना विरूद्ध सरकारमाथि मुद्दा हालेका थिए।

ती दुई विश्वविद्यालयले सरकारको त्यस्तो निर्देशनलाई एकपक्षीय, स्वेच्छाचारी र अधिकारको दुरूपयोग भएको बताएका थिए।

अन्य दर्जनौँ विश्वविद्यालयहरूले त्यस मुद्दामा उनीहरूलाई समर्थन जनाएका थिए।

म्यासाचुसेट्स र क्यालिफोर्निया सहितका कम्तीमा १८ राज्यका महान्यायाधिवक्ताविरूद्ध समेत मुद्दा हालिएको थियो।

अदालती कारबाही सुरु हुनु अगावै सङ्घीय न्यायाधीशले यथास्थिति कायम गर्न सम्बन्धित पक्षहरू सहमत भएको जनाएका थिए।

गतसाता ल्याइएको योजनामा विदेशी विद्यार्थीहरू आउँदो शरद याममा प्रत्यक्ष पठनपाठनमा सामेल नहुने भए अमेरिकामा बस्न नपाउने बताइएको थियो।

अमेरिकाको अद्यागमन र भन्सार सम्बन्धी निकाय आइसीईले त्यतिखेर मानिसहरू यदि स्वेच्छिक रूपमा आफ्नो देश नगएमा देश निकाला गरिनसक्ने जनाएको थियो।

मार्चमा एउटा सत्र सकिएर छुट्टिमा आफ्ना देश गएकालाई अनलाइन कक्षाहरू भए अमेरिका फर्कन नदिइने भनिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .