ad ad

राजनीति


नेकपा नेताहरुलाई गगनको आग्रह : ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुहोस्

नेकपा नेताहरुलाई गगनको आग्रह : ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुहोस्

नेपालखबर
असार ३१, २०७७ बुधबार ६:९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले वर्तमानमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट बिदा गर्न नेकपा नेताहरुलाई आग्रह गरेका छन्।

नेता थापाले कुसी जोगाउँन जे पनि बोल्ने प्रधानमन्त्रीबाट देश र लोकतन्त्र दुवै सुरक्षित नभएको भन्दै  ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्न आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति ‘जे पनि बोल्ने’ बानीको निरन्तरता नभई नेकपाको आन्तरिक विवादमा कुर्सी जोगाउनका लागि ल्याएको 'राजनीतिक स्टन्ट' भएको बताएका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ। मेरो विचारमा यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढंगले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो’, सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले लेखेका छन्।

उनले प्रधानमन्त्रीले अन्टसन्ट अभिव्यक्ति दिएर भारतबाट आउने प्रतिक्रियाका आधारमा आफूलाई कथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोहलाई साम्य पार्ने गरेको बताए।

उनले प्रधानमन्त्री ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च गर्न तयार रहेको भन्दै आफ्नो कुर्सीका लागि राष्ट्रिय स्वार्थ नै दाउमा राखेको  आराेप लगाए।  उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई हल्का रुपमा लिन नहुने भन्दै  योजनावद्ध  रुपमा आएकाे राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिन सबैमा आग्रह समेत गरे।

‘यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ। आफ्नो लागि राष्ट्रिय स्वार्थसमेत दाउमा राख्ने, प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ। यसलाई हल्का रुपमा नलिऔं। यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं’, उनले लेखेका छन्।

प्रधानमन्त्रीले देशभित्र र बाहिर उत्तेजना फैलाउन अन्टसन्ट बोलेको र प्रतिउत्पादक भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्तिनै निकाल्नुपर्ने अवस्था आएको बताएका छन्। उनले प्रधानमन्त्रीको कदम राजनीतिक होइन भनेर नपन्छिन र ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्न आग्रह समेत गरेका छन्।

‘प्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो। प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र१ नेकपाका साथीहरू१राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्’, नेता थापाले ट्विटरमा लेखेका छन्।

उनले प्रधानमन्त्रीले अन्टसन्ट अभिव्यक्ति दिएर भारतबाट आउने प्रतिक्रियाका आधारमा आफूलाई कथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोहलाई साम्य पार्ने गरेको बताए। उनले प्रधानमन्त्रीले अन्टसन्ट अभिव्यक्ति दिएर भारतबाट आउने प्रतिक्रियाका आधारमा आफूलाई कथित राष्ट्रवादी बनाउने र पार्टीभित्रको विद्रोहलाई साम्य पार्ने गरेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भानु जयन्तिका अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा राम र उनको जन्मभूमि अयोध्याका विषयमा दिएको अभिव्यक्ति विवादमा परेको छ। उनले भगवान राम र अयोध्या दुवै नेपालको भएको र भारतले नक्कली अयोध्या खडा गरेर भ्रम छर्ने काम गरेको आरोप लगाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .