ad ad

समाज


उपत्यका भित्रिने सवारी साधनको जगातीमा जाम

उपत्यका भित्रिने सवारी साधनको जगातीमा जाम

नेपालखबर
असार २३, २०७७ मंगलबार १४:१२,

भक्तपुरको जगाति हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ। विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । 

सो नाका हुँदै उपत्यका भित्रिनेहरुलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा सो सडक खण्डमा जाम परेको हो। सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएपनि अत्यावश्यक सवारी र सम्बन्धित निकायबाट पास लिएर आवतजावत गर्नेहरुको संख्यामा भने कमि आएको छैन।

कोरोना भाइरस (कोभिड—१९) संक्रमण न्यनिकरणका लागि भन्दै सरकारले लक डाउन गरेपछि पछिल्लो समय केही खुकुलो भएसँगै निजी सवारी साधन सञ्चालनमा रहेका छन्। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्दै जिल्ला भित्र जोर विजोर प्रणालीबाट सवारी सधान सञ्चालन गर्न दिएको छ।

मंगलबार भक्तपुरको जगातीमा उपत्यका भित्रने सावारीसाधनको चेकजाँच गरिएपछि सवारी साधनको लामो लाइन लागेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .