हिमालय एयरलाइन्सले फिलिपिन्सको मनिलामाई जुलाई ११ तारिखमा चार्टर्ड उडान गर्ने भएको छ। विभिन्न देशमा अलपत्र नेपालीको उद्धार उडान गर्दै आएको हिमालयका लागि यो नयाँ गन्तव्य हो।
सोही दिन हिमालयले साउदी अरेबियाको दमाममा चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काउने जनाएको छ। हिमालयले नयाँ गन्तव्यका रुपमा जुलाई ८ र ९ तारिखमा चीनको टियानजिन गन्तव्यमा चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको छ।
जुलाइ १२ मा मलेसियाको क्वालालम्पुर चार्टर्ड उडान नेपाली ल्याउने कार्यतालिका कम्पनीले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।
यसअघि जुलाई २ देखि ८ तारिख सम्मको उडान तालिका बनाएर हिमालयले साउदी अरेबियको दमाम, मलेसियाको क्वालालम्पुर, कतारको दोहा युएईको आबुधाबी र कुवेतबाट चार्टर्ड उडान गरी नेपालीलाई स्वेदश फर्काएको छ। रासस
3
Shares
प्रतिक्रिया