ad ad

समाज


महिलामाथि कुटपिटको भिडियो नेपालको नभई भारतको हो: नेपाल प्रहरी

महिलामाथि कुटपिटको भिडियो नेपालको नभई भारतको हो: नेपाल प्रहरी

नेपालखबर
असार २३, २०७७ मंगलबार ९:२४,

नेपाल प्रहरीले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक महिलामाथि उनका आफन्तले कुटपिट गरेको भिडियो नेपालको नभई भारतको भएको जनाएको छ।

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत एक महिला उपर ससुराद्वारा भएको कुटपिटको भिडियो क्लिप प्राप्त हुनासाथ छानविन गर्दा भारत महाराष्ट्रको भएको बताएको हो।

उक्त भिडियो नेपालको अछाममा भएको भन्दै प्रहरीलाई तत्काल छानविनको माग गरिएको थियो। 

तर जिल्ला प्रहरी कार्यालयमार्फत छानबिन अगाडि बढाउँदा उक्त घटना भारतमा भएको भेटिएको प्रहरीले जनाएको छ।

एक पुरुषले महिलालाई कुटेको दृश्यसहितको भिडियो सार्वजनिक भएपछि प्रहरीको उक्त प्रतिक्रिया आएको हो। 

Posted by Nepal Police on Tuesday, July 7, 2020

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .