ad ad

समाज


काठमाडौं उपत्यकामा आजमात्रै ५४ जनामा संक्रमण

काठमाडौं उपत्यकामा आजमात्रै ५४ जनामा संक्रमण

नेपालखबर
असार २२, २०७७ सोमबार १०:४४,

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित भेटिएका छन। यो उपत्यकामा एकदिनमै भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको छ।

यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .