ad ad

समाज


चीनले बनायो कोरोनाविरुद्ध नयाँ खोप

चीनले बनायो कोरोनाविरुद्ध नयाँ खोप

नेपालखबर
असार १५, २०७७ सोमबार ०:१,

चीनले कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ।

चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले आइतबार दिएको जानकारीअनुसार यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको छ र सुरक्षित देखिएको छ।

रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो।

सीएनबीजीले खोप विकास गरेको जानकारी चिनियाँ सामाजिक सन्जाल विच्याटबाट पनि दिएको छ। १ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।

रोयटर्सका अनुसार अहिलेसम्म चीनमा ८ खोपलाई मानवमा परीक्षणका लागि सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको छ।

दोस्रो चरणको परीक्षण सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइन्छ। त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ र आम प्रयोगमा ल्याइन्छ।

याे पनि: डिसेम्बरदेखि युरोपका नागरिकले कोरोनाविरुद्ध खोप पाउने

          गरिब मुलुकलाई बाँड्न बनाइँदै कोरोनाविरुद्ध ४० करोड खोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .