सिरहामा ५२ जना सहित पछिल्लो २४ घण्टामा प्रदेश २ मा ७ महिलासहित ७८ जनामा कोरोना सक्रंमण पुष्टि भएको छ।
सिरहा क्याम्पसको क्वारेन्टाइनमा रहेका ४ महिलासहित ५२ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।
उनका अनुसार सप्तरीमा २ जना पुरुष, महोत्तरीमा २ जना पुरुष, धनुषामा १ महिला सहित ८ जना, सर्लाहीमा १ महिला सहित ९ जना, रौतहटमा १ जना पुरुष र बारामा १ महिला सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया