खण्डग्रास सूर्यग्रहण सकिएको छ। बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण अपराह्न २ बजेर २३ मिनेटमा सकिएको हो।
३ घण्टा ३३ मिनेट अवधिसम्म यो ग्रहण देखिएको थियो। यो ग्रहणलाई वलय सूर्यग्रहण भनिएको छ। नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिएको हो।
काठमाडौं उपत्यकाबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देखिएको बताइएको छ।
खगोलविद्हरुका अनुसार दिउँसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको थियो।
भिडियो पनि हेर्नुहोस्ः
सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन। ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चस्माबाट मात्र अवलोकन गर्नुपर्ने खगोलविदहरु बताउँछन्।
काठमाडौंको बत्तीस पुतलीस्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटीबाट यस्तो देखियो सूर्यग्रहण :
Shares
प्रतिक्रिया