ललितपुरकी एक महिलामा कोरोना पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ललितपुरकी एक महिलामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार शुक्रबारज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी एक महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हाे।
पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २९ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणलाई जितेर १९४ जना डिस्चार्ज भएका छन्। ८ महिला र १८६ जना पुरुष गरी १९४ जना डिस्चार्ज भएका हुन्।
योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १ हजार ७७२ जम्मा डिस्चार्ज भएका छन्।
प्रतिक्रिया