ad ad

राजनीति


सीमा विवाद टुंग्याउन बुद्धिनारायण श्रेष्ठले दिए यस्ता सुझाव

सीमा विवाद टुंग्याउन बुद्धिनारायण श्रेष्ठले दिए यस्ता सुझाव

नेपालखबर
असार ७, २०७७ आइतबार ११:१०,

सीमाविद बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्सा अनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाकंन टुंगो लगाउनुपर्ने बताएका छन्।

लिपुलेक पश्चिममा चीनसँग पनि सिमांकन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमांकन गरी त्रिदेशिय विन्दु खडा गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए। चीनको १४ र भारतको ७ स्थानमा त्रिदेशिय विन्दु कायम भएपनि नेपालको २ वटा विन्दु समेत कायम नभएको उल्लेख गर्दै उनले चीनलाई सिमाङ्कन टुंगो लगाउन आग्रह गर्दै त्रिदेशिय विन्दु स्थापनाका लागि भारतलाई पनि मनाउनुपर्ने बताए।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सीमाविद श्रेष्ठले नेपालको अद्यावधिक नक्सा संयुक्त राष्ट्र संघमा बुझाउन ढिला गर्न नहुने बताए।

सांसदहरुको लोगो, मन्त्रालय, निर्देशनालय, प्रदेश लगायत नक्सा प्रयोग भएका लेटरप्याडहरु तत्काल परिवर्तन गर्नुपर्ने उनले बताए। केन्द्रीय तथ्यांक विभागलाई तत्काल नेपालको नयाँ क्षेत्रफल प्रकाशन गर्न लगाउनुपर्ने उल्लेख गर्दै उनले गुगललाई नेपालको नक्साका विषयमा जानकारी दिई नेपालमा रहेका कुटनीतिक नियोगहरुमा तत्काल नक्सा वितरण गर्नुपर्ने बताए।

सीमा समस्या वार्ताबाट मात्रै समाधान हुन सक्ने भन्दै उनले सडकमा आएर दुई चार शब्द भन्दै विच्काएर नहुने बताए। नेपाली भूमिबाट भारतीय सेना फिर्ता वातावरण नेपालले बनाउनुपर्ने उनले बताए।

भारत वार्ताका लागि कुनै पनि हालत तयार नभए अन्तर्राष्ट्रिय क्षेत्रबाट दबाव सिर्जना गराउनुपर्ने सुझाव उनले दिए। भारतसँग भएको प्रमाण कमजोर भएका कारण वार्ताका लागि तयार नभएको आशंका गर्दै उनले राष्ट्रसंघमा रहेका देशहरुको माध्यमबाट भारतलाई वार्ताका लागि दबाव सिर्जना गर्नुपर्ने बताए।

अद्यावधिक नक्सा अनुसार संविधान संशोधन भएपछि अबको कदम के हुने भनेर जिज्ञासा राखेका थिए। समितिले राष्ट्रिय महत्वको दस्तावेज तयार गरी संसदमा पेश गर्ने तयारी गरेको समिति सभापति रामनारायण विडारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .