केही दिनदेखि देशभर धेरै स्थानमा वर्षा भइरहेकाे भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
जसका कारण बाढी, पहिरो तथा डुबान हुन सक्ने भन्दै आज (शनिबार) अपराह्न सूचना जारी गर्दै महाशाखाले सावधानी अपनाउन सबैलाई अनुराेध गरेकाे हाे।
— Nepal Weather Forecast (@DHM_Weather) June 20, 2020
यस्तै बाढी पूर्वानमान महाशाखाले सूचना जारी गर्दै आज विभिन्न स्थानका खोला/नदीमा बाढी आउने अनुमान सार्वजनिक गरेको छ।
महाशाखाका अनुसार आज नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, गुल्मी, पाल्पा, बागलुङ, प्युठान र आसपास मध्यम-भारी वर्षा भएकाले उक्त स्थान आसपास भई बहने ससाना खोलामा बहाव बढ्दोछ।
यस्तै पश्चिम राप्ती नदीको तल्लो तटीय क्षेत्र दाङ र बाँकेमा पनि जलसतह बढ्दो रहेको र सतर्कता तहसम्म पुग्न सक्ने सम्भावना छ।
#अलर्ट #पश्चिमराप्ती
असार ६, २:३० बजे#पच्चिम राप्ति कुसुम बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको, बढ्दो रहेकाले #राप्तीसोनारी गा.पा. र #डुडुवा गा.पा. लगायत राप्तीको तल्लो तटिय क्षेत्रमा #बेलुका सम्मै सतर्कता अपनाउनुहोला
MASS SMS @NDRRMA_Nepal @Raptisonarimun pic.twitter.com/UBZZOm3BSr
प्रतिक्रिया