ad ad

राजनीति


हिंस्रक झडपपछि चीनको पहिलो औपचारिक प्रतिक्रियाः भारतीय सेनाले जानीजानी उत्तेजित गरे

हिंस्रक झडपपछि चीनको पहिलो औपचारिक प्रतिक्रियाः भारतीय सेनाले जानीजानी उत्तेजित गरे

नेपालखबर
असार ६, २०७७ शनिबार १०:७,

गत सोमबारको झडपपछि चीनले पहिलो औपचारिक प्रतिक्रिया दिँदै शनिबार भारतीय सेनाले जानीजानी उत्तेजित बनाएका कारण झडप भएको आरोप लगायो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भनेका छन्,‘भारतीय सेनाहरुले चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि हिंस्रक झडप भएको थियो।’

‘गलवान उपत्यकामा स्थिति सामान्य बन्दै गएका बेला जुन १५ तारिखका दिन फेरि भारतीयहरूले नियन्त्रित सीमा रेखा पार गरे’ झाओले भनेका छन्,‘सीमामा खटिएका भारतीय फौजले चिनियाँ अधिकारी र सिपाहीहरूमाथि हिंस्रक आक्रमण गरे त्यसपछि भिडन्त भयो र मानिसहरू मारिए।’

Unaware of reported border clash with India in Ladakh: Foreign ...

लिजिएन झाओ

भारतीयहरूले गलवान उपत्यकामा एप्रिल यता नियन्त्रित सीमा रेखामा सडकहरू, पुलहरू र अरू संरचनाहरू बनाइरहेको झाओले बताए।

गलवान उपत्यकामा भएको भिडन्तमा बीस भारतीय सैनिक मारिएका थिए। भारतले भिडन्तमा दुवै पक्षको क्षति भएको बताएको छ।

तर चीनले चिनियाँ सेनामा भएको हताहतबारे भने विवरण दिएको छैन। हिजो शुक्रबार मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी सेना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताएका थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .