ad ad

समाज


मृतकको संख्या साढे ४ लाख नाघ्यो, एकै दिन १ लाख ३८ हजार कोरोना संक्रमित थपिए

 मृतकको संख्या साढे ४ लाख नाघ्यो, एकै दिन १ लाख ३८ हजार कोरोना संक्रमित थपिए

नेपालखबर
असार ४, २०७७ बिहिबार ०:९,

गएको २४ घण्टामा विश्वभर एक लाख ३८ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। गएको २४ घण्टामा एक लाख ३८ हजार ६ सय ६ जनामा संक्रमण पुष्टि भएको हो।

यसबीचमा विश्वभर पाँच हजार दुई सय १७ जनाको संक्रमणको कारण ज्यान गएको छ। योसँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे चार लाख नाघेको वल्र्डओमिटरमा उल्लेख छ। यो तथ्यांक बिहीबार बिहान साढे पाँच बजेसम्मको हो।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ८३ लाख ८९ हजार आठ सय ३० पुगेको छ। त्यसमध्ये ४३ लाख ७८ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय नौ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यसपछि अमेरिकामा आठ सय तीन जनाले ज्यान गुमाएका छन्।

यसबीचमा मेक्सिकोमा सात सय ३०, भारतमा तीन सय ४१, चिलीमा दुई सय ३२, पेरुमा दुई सय एक, पाकिस्तानमा एक सय ३६, इरानमा एक सय २०, युकेमा एक सय ८४, रुसमा एक सय ९४, स्वीडेनमा एक सय दुई जनाले ज्यान गुमाएका छन्।

भारतमा बुधबार एकै दिन १३ हजार एक सय तीन जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या तीन लाख ६७ हजार दुई सय ६४ पुगेको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट १२ हजार दुई सय ६२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .