ad ad

समाज


नेपालखबरकर्मी महतो पुरस्कृत

नेपालखबरकर्मी महतो पुरस्कृत

नेपालखबर
असार २, २०७७ मंगलबार १०:१७,

नेपालखबरकर्मी शैलेन्द्र महतो ‘क्रान्ति’ पुरस्कृत भएका छन्।

 जनकपुरस्थित मानव विकास केन्द्रले दोस्रो वार्षिकोत्सवको अवसरमा नेपालखबरका प्रदेश २ का प्रतिनिधि पत्रकार महतोलाई नगद २५ हजार ५०१ रुपैयाँ र कदरपत्रसहित पुस्कृत गरेको हो।

जनकपुरलाई केन्द्र बनाएर विगत एक दशकदेखि पत्रकारितामा क्रियासिल रहेर सत्यतथ्य समाचार सम्प्रेषण गर्दै पत्रकारितामा उल्लेख्य योगदान दिएको भन्दै मानव विकास केन्द्रले यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार महतोलाई प्रदान गरेको जनाएको छ।

यस्तै जनकपुरलाई केन्द्र बनाएर विगत दुई दशकदेखि पत्रकारिता गर्दै आएका र केही दिनअघि मात्रै कोरोना संक्रमणबाट मुक्त भएका पत्रकार वीरेन्द्र रमणलाई समेत नगद २५ हजार ५०१ रुपैयाँसहित पुरस्कृत गरिएको छ। 

पत्रकार द्वय महतो र रमणलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झाले संयुक्त रुपमा पुरस्कृत गरेका थिए।

पुरस्कृत दुबैजना पत्रकार पुरस्कारले थप जिम्मेवारी बोध भएको बताउँदै अगामी दिनमा थप उर्जा सहित खोज पत्रकारितातर्फ केन्द्रित हुने बताए।

‘झन्डै एक दशकको पत्रकारिता अवधिमा मैले प्राप्त गरेको यो तेस्रो पुरस्कार हो’ महतोले भने, ‘यसले मलाई आफ्नो पेशाप्रति झनै कटिबद्ध बनाए पनि पुरस्कारभन्दा बढी समाजको हौसला, आशीर्वाद, स्नेह, प्रेम पाएको छु।’

यस्तै नेपाल पत्रकार महासंघ प्रदेश २ का सल्लाहकार समेत रहेका पत्रकार रमणले कोरोना भाइरस संक्रमणकाबीच सञ्चारकर्मीले अहोरात्र जोखिम मोलेर खटिरहेकाले प्रदेशभरका पत्रकारको बीमाका लागि मन्त्री यादवलाई ध्यानाकर्षण गराएका थिए ।

कानुनमन्त्री यादवले प्रदेश सरकार पत्रकारलाई मित्रका रुपमा हरसम्भव सहयोगका लागि तयार रहेको बताए । ‘प्रदेश सरकारले स्वतन्त्र र संचारमैत्री प्रदेश बनाउन पत्रकारको हकहितकालागि सञ्चार विधेयक ल्याउन लागेको छ,’ उनले भने।

मानव विकास केन्द्रका अध्यक्ष झाले आफ्ना स्वर्गीय हजुरबुवा समाजसेवी उमेशचन्द्र झाको स्मरणमा स्मृति उक्त पत्रकारिता पुरस्कार स्थापना गरेका हुन्। यस वर्षदेखि जनकपुरलाई केन्द्र बनाई पत्रकारीता गर्दै आएका उत्कृष्ट पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्न सुरु गरका छन्।

कार्यक्रममा समाज तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई कदर पत्रसहित सम्मान गरिएको थियो।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा धनुषाको सहिदनगर नगरपालिका प्रमुख उदय बरबरिया यादव, नेपाल पत्रकार महासंघ प्रदेश २ की उपाध्यक्ष रिंकुकुमार मिश्र गायत्री, नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्र, जनकपुर वृहत्तर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर, असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साह, बुद्धिजिवी मनिष झा लगायतको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .