ad ad

समाज


डा‍. फाउची भन्छन्ः अमेरिकामा कोरोना संक्रमण रोकिने छाँट देखिएन, प्रतिबन्ध लामै समय रहन सक्छ

डा‍. फाउची भन्छन्ः अमेरिकामा कोरोना संक्रमण रोकिने छाँट देखिएन, प्रतिबन्ध लामै समय रहन सक्छ

नेपालखबर
असार १, २०७७ सोमबार २:२८,

अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारी डा.एन्थोनी फाउचीले देशमा कोरोना संक्रमण नरोकिएको बताउँदै विदेश यात्रामा लगाइएको प्रतिबन्ध अझै लामो समय कायम रहन सक्ने चेतावनी दिएका छन्।

गत मार्चदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप, ब्रिटेन, चीन र ब्राजिलबाट अमेरिका आउजाउ गर्न प्रतिबन्ध लगाएका छन्।

लकडाउनलगायत प्रतिबन्ध खुला गर्नेबित्तिकै कोरोना महामारीको दोस्रो लहर आउन सक्ने चेतावनी विज्ञले दिइरहेका छन् भने कतिपय सहरमा संक्रमण बढिरहेको पाइएको बताइरहेका छन्।

टेलिग्राफ पत्रिकालाई दिएको अन्तर्वार्तामा डा. फाउचीले अमेरिकामा जुन प्रतिबन्ध लगाइएको छ, त्यो कोरोनाविरुद्ध खोप नबनुन्जेल जारी रहन सक्ने बताएका छन्। उनले यो वर्ष कोरोना संक्रमणको स्थिति जति घटेर जान्छ भन्ने अपेक्षा गरिएको थियो, त्यस्तो नदेखिएको उल्लेख गरेका छन्।

यस्तै उनले यही वर्ष (सन् २०२०) भित्र कोरोनाविरुद्धको खोप बनिसक्ने आशा पनि व्यक्त गरेका छन्। स्राेत: बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .