ad ad

समाज


काठमाडौंसम्म आइपुग्यो मनसुन, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौंसम्म आइपुग्यो मनसुन, केही ठाउँमा ठूलो वर्षाको सम्भावना

नेपालखबर
असार १, २०७७ सोमबार १:५६,

वर्षा याम भित्र्याउने मौसमी प्रणाली मनसुन आज (सोमबार) काठमाडौं उपत्यका अर्थात् देशको मध्य क्षेत्रसम्म आइपुगेको मौसमविद्ले बताएका छन्।

केही दिनअघि पूर्वबाट प्रवेश गरेको मनसुनी वायु क्रमशः देशभर फैलिने क्रममा काठमाडौं उपत्यकासम्म आइपुगेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

उनका अनुसार अहिले पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ भने पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ।

महाशाखाका अनुसार अहिले कैलाली, बर्दीया, सुर्खेतआसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ।

आज विशेषगरी प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा वर्षाको सम्भावना छ भने बाँकी प्रदेशका पनि थोरै स्थानमा मेघगर्जनरचट्याङ रहावाहुरीसहित वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती, गण्डकी र ५ नम्बर प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .