ad ad

समाज


ठगी कसुरमा जसलाई सुनाइयो ११/११ सय जेल सजाय

ठगी कसुरमा जसलाई सुनाइयो ११/११ सय जेल सजाय

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार २:१,

थाइल्यान्डमा ठगेको अभियोगमा दुई जनालाई जनही हजारभन्दा बढी वर्ष जेल सजाय तोकिएको छ।

ग्राहकलाई ठगेको आरोपमा दुई जना रेस्टुराँ सञ्चालकलाई जनही १ हजार १ सय ४६ वर्ष जेल सजाय सुनाइएको हो।

थाइल्यान्डको पीबीसी च्यानलका अनुसार गत वर्ष लाएमगेट सिफुड रेस्टुराँले अनलाइनमार्फत अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था सुरु गर्‍यो।

जसअन्तर्गत २० हजारजति मानिसले ५ करोड थाई भाटबराबरका भौचर खरिद गरे। तर पछि होटल सञ्चालक लाएमगेट इन्फिनिट कम्पनीले माग पूरा गर्न नसकिने भन्दै रेस्टुराँ नै बन्द गर्‍यो।

त्यसपछि पीडितले दिएका उजुरीका आधारमा रेस्टुराँ सञ्चालकद्वय अपिचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परे। त्यसपछि उनीहरूले केही मानिसको रकम त फिर्ता गरे तर ७२३ जनाको पैसा गर्न सकेनन्।

थाई कानुनअनुसार ठगी अभियोगमा २० वर्ष जेल सजाय हुने भए पनि ७ सय २३ जनालाई ठगेको ठहर गर्दै बुधबार थाई अदालतले जनही १,१४६ वर्ष जेल सजाय सुनाएको हो।

गल्ती स्वीकार गरेपछि उनीहरूको सजाय आधाले घटाएर ७ सय २३ वर्ष पारियो। तर उनीहरूले बढीमा २० वर्ष जेल सजाय काट्नुपर्ने बीबीसीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .