ad ad

छापा खबर


एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै, यस्तो छ तयारी

एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै, यस्तो छ तयारी

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १:४४,

माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ।

विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विद्यालय तहको कक्षा १० का विद्यार्थीको मूल्याङ्कन सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानिने बताए।

विद्यालयले तयार गरेको नतिजा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिमा पठाइने र त्यसले प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनुपर्ने छ। त्यस नतिजालाई बोर्डले प्रमाणपत्र तयार गरी विवरणको व्यवस्था गर्ने जानकारी पनि प्रवक्ता खतिवडाले दिए।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) का बारेमा मन्त्रिपरिषद्को निर्णय पूर्ण रूपमा आएपछि मात्रै बोर्ड बैठकबाट यस विषयमा धारणा बनाउने प्रतिक्रिया दिए।

विद्यालयले मनपरी तरिकाले विद्यार्थीको मूल्याङ्कन गर्न सक्ने र त्यसको प्रमाणीकरण गर्ने जिम्मेवारी मात्रै बोर्डलाई दिने हो भने सकारात्मक सन्देश जान कठिन हुने उनको भनाई छ।

विद्यालयलाई नै विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी दिने हो भने प्रमाणीकरणका लागि मात्र बोर्डमा आउनुपर्ने अवस्था राख्न नहुने उनले बताए। ‘धेरै अध्ययन गर्न पाएको छैन तर अन्तिम मूल्याङ्कन विद्यालयले गर्ने हो भने फेरि प्रमाणीकरणका लागि मात्रै विद्यालयलाई किन दुःख दिनु?’ उनले भने।

प्रमाणीकरण गर्न नपर्ने अवस्थामा विद्यार्थीको मूल्याङ्कनमा विद्यालय र प्रधानाध्यापकलाई जिम्मेवार बनाउन कठिनाइ हुने उनको तर्क छ।

विज्ञले भने सरकारको निर्णय स्वागतयोग्य भन्दै विद्यालयको कार्यविधिमा एकरूपता हुनुपर्नेमा जोड दिएका छन्। शिक्षा अधिकारकर्मी नरेन्द्र डङ्गोल पुरानो परिपाटीमा एसईई नलिने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए।

यस विषयमा धेरै वर्षदेखि विज्ञ तथा सरोकारवालाले आजाज उठाए पनि सरकारले भर्खरै यसको सम्बोधन गरेको उनको भनाई छ। अब कक्षा १२ मा मात्रै माध्यमिक तहको अन्तिम परीक्षा बनाउनुपर्ने र कक्षा १० को एसईई हटाउनुपर्ने उनको सुझाब थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .