ad ad

समाज


चीनमा भीषण बाढीपहिरो, १३ जनाको मृत्यु, अढाई लाख विस्थापित

चीनमा भीषण बाढीपहिरो, १३ जनाको मृत्यु, अढाई लाख विस्थापित

नेपालखबर
जेठ २९, २०७७ बिहिबार १२:४४,

कोरोना महामारीका कारण बल्लबल्ल सामान्य बन्दै गरेको चीनको जनजीवन भीषण बाढी र पहिरोले पुनः तहसनहस बनाएको छ।

चिनियाँ समचार संस्था सिन्ह्वाका अनुसार चीनमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने झन्डै अढाई लाख मानिस विस्थापित भएका हुन्।

दक्षिणी क्षेत्र गुआंग्सीमा बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको भएको छ भने १ जना हराइरहेका छन्। यस्तै उत्तरी चीन हुवान प्रान्तमा ७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका हुन्।

आकस्मिक व्यवस्थापन मन्त्रालयलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएका अनुसार यही जुन २ देखि आएको बाढी र पहिरोका कारण २ लाख ३० हजार मानिस विस्थापित भएका छन् भने १ हजार ३ सयभन्दा बढी घर डुबानमा परेका छन्।

उत्तरी र दक्षिण क्षेत्रका सडक जलमग्न भएका छन्। बाढीले ३० पर्यटकीय क्षेत्र पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।

सन् १९९८ मा चीनमा बाढीका कारण २ हजारभन्दा बढी जनाको मृत्यु भएको थियो भने ३० लाख घर डुबानमा परेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .