ad ad

समाज


रूपन्देहीमा ५ जनाको हत्या अपडेट: ४ पुरुष र १ महिलाकाे शवछेउमा भेटियाे रगत लागेकाे फरुवा

रूपन्देहीमा ५ जनाको हत्या अपडेट: ४ पुरुष र १ महिलाकाे शवछेउमा भेटियाे रगत लागेकाे फरुवा

नेपालखबर
जेठ २७, २०७७ मंगलबार २:४५,

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा एक युवकले आफ्नै ५ साथीको हत्या गरेका छन्।

घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीका अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या भएकाे हाे। 

मृतक १४ देखि ४० वर्षसम्मकाे रहेकाे उनले बताए।  

‘गाइफार्ममा शव भेटिएका छन्,’ घटनास्थलबाट फोनमा कुरा गर्दै डीएसपी खत्रीले भने, ‘छेउमा रगत लतपतिएको फरुवा भेटिएको छ। त्यसैले हानेर मारेको प्रारम्भिक अनुमान छ।’

उनका अनुसार घटनामा संलग्न आशंकामा एक युवकलाई पक्राउ गरिएको छ। हत्यामा संलग्‍न आशंकामा प्रहरीले सुर्खेत घर भएका ३२ वर्षीय झसेन्द्र सिञ्जालीलाई पक्राउ गरेकाे छ। 

डीएसपी खत्रीका अनुसार ती सबै जना गाइफार्ममा काम गर्ने मजदुर हुन्। के कति कारण हत्या गरियाे भन्नेबारे अहिलेसम्म केही खुलेकाे छैन।  

अहिले जिल्ला प्रहरी कार्यालयका एसपीकाे नेतृत्वमा प्रहरी टाेली घटनास्थलमै रहेकाे र थप अनुसन्धान गरिरहेकाे डीएसपी खत्रीले जानकारी दिए।

याे पनि: रूपन्देहीमा एक युवकले गरे ५ जनाको हत्या

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .