ad ad

समाज


एम्बुलेन्स दुर्घटना हुुँदा पाँच जना कोरोना संक्रमित घाइते

एम्बुलेन्स दुर्घटना हुुँदा पाँच जना कोरोना संक्रमित घाइते

नेपालखबर
जेठ २७, २०७७ मंगलबार २:३२,

अर्घाखाँचीमा एम्बुलेसन्स दुर्घटना हुँदा पाँच जना कोरोना संक्रमित घाइते भएका छन्।

कोरोना संक्रमितलाई आइसोलेसनमा लिएर जाँदै गरेको लु १ च ३५३५ नम्बरको एम्बुलेन्स सोमबार राति सन्धिखर्क नगरपालिकामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय चन्द्रप्रभा माविको क्वरेण्टीनबाट कोरोना संक्रमित लिएर हटारीनेटा आइसोलेसनमा जाँदै गर्दा खाँचिकोटमा एम्बुलेन्स दुर्घटनामा परेको हो।

घाइते पाँचै जनालाई सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार सुरु गरिएको अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .