कपिलवस्तुमा शनिबार थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार जिल्लामा योसँगै कोरोना संक्रमितको संख्या ५२३ पुगेको छ।
जसमा महाराजगन्ज नगरपालिकाका ४ देखि ४६ वर्षसम्मका ३१ पुरुष र ६ देखि ५५ वर्षका ६ महिला गरी ३७ जनामा संक्रमित देखिएको छ।
यस्तै यशोधरा गाउँपालिकाका २ जनामा संक्रमित देखिएको छ। वडानम्बर ७ का १ महिला र एक पुरुषमा संक्रमण देखिएको हो।
सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रतिक्रिया