बाजुरामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ स्थित क्वारेन्टिनमा बसेका ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
क्वारेन्टिनमा मृत्यु भएका वृद्ध केही दिन अगाडि भारतबाट आएका थिए। उनमा दमको समस्या समेत रहेको आफन्तले बताएका छन्। वृद्धको मृत्युको कारण खुल्न सकेको छैन्।
मृत्युपछि उनमा कोरोना भए नभएको परीक्षण गर्ने तयारी भइरहेको छ। यद्यपी सुदूरपश्चिममा पाँच दिनका लागि नमूना संकलन कार्य नै स्थगित गरिएको छ।
‘घटनाबारे हामी बुझ्दै छौँ, स्वास्थ्य टोली त्यसतर्फ जाने तयारी पनि छ,’ बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले नेपालखबरसँग भने, ‘नमूना संकलन नगर्न भनिए पनि बिशेष परिस्थितमा त्यो लागू हुँदैन।’
3
Shares
प्रतिक्रिया